काठमाडौं : नयाँ नेपाली फिल्म ‘चोर र पुलीस’ को टिजर सार्वजनीक गरिएको छ । तिहारको अबसरमा कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन गर्न लागीएको फिल्मको टिजर शुक्रबार म्युजिक नेपाल युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
आरएल मोक्तानको निर्देशनमा बनेको फिल्मको टिजरमा फिल्ममा अभिनित अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । फिल्ममा धीरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, सोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतले अभिनय गरेका छन ।
आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । करणबहादुर बिष्ट सहनिर्माता रहेको फिल्मको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् । रामेश्वर हुमागाईले खिचेको फिल्मका गीतमा बिकास चौधरीको संगीत छ । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको फिल्ममा राजु किराँतीको द्धन्द्ध निर्देशन छ ।
मान्छे किन चोर बन्छ, समाजले चोरलाई कसरी हेर्छ लगायतको र्मािमक विषयमा फिल्म निर्माण गरेको निर्देशक आरएल बताउछन् । कोरोनाका कारण ठप्प रहेको नेपाली फिल्म उद्योगलाई ‘चोर र पुलिस’ ले थोरै भए पनि राहत दिन सक्ने बिश्वास निर्देशक आरएलको छ ।
हेर्नुु्स् टिजर: