
काठमाडौं : करिव ५ महिना अघि ‘निलो कुर्ताले’ बोलको गीत सार्वजनिक गरेर चर्चा कमाउन सफल गायक लोक पौडेल र गायिका मेलिना राई फेरि एकसाथ नयाँ म्युजिक भिडियो ‘बेरुवाको औंठी’ लिएर आएका छन्।
यस गीतमा चर्चित संगीतकार दिपक शर्माको शब्द, संगीत रहेको छ। नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्। अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा गायक प्रकाश सपुत र नायिका आँचल शर्मा मुख्य भूमिकामा फिचर्ड छन्। भिडियोमा रुजु शर्मा र अनिल आचार्यको समेत भिडियोमा अभिनय रहेको छ।
भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ। बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो। मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
भिडियो लिंक: