Admission Open

ad place

बेलायतबाट पारुले ल्याईन ‘यो माया होइन र’ [भिडियो सहित]

काठमाडौं : करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु राई  र मनोज थापा मगरको युगल स्वरमा  रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

त्रिकोणात्मक  प्रेमकथामा आधारित यस गीतमा पारु राईको नै शब्द रहेको छ भने गायक मनोज थापा मगरले नै गीतलाई संगीतवद्द र संगीत संयोजन गरेका हुन्।  बेलायतका विभिन्न  रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा  विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ।

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई  कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो।  गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
भिडियो लिंक:

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...