विकासको बाधक भनेकै राजनैतिक अस्थिरता रहेछ । २०१६ सालमा विपी कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसको बहुमतको सरकार थियो । तर विडम्बना सरकारको त के प्रजातन्त्रकै हत्या भयो । संविधान बनेपछि २०७४ सालमा दुई तिहाई नजिकको बहुमत प्राप्त गरेर नेकपा को सरकार बन्यो । राजनैतिक अस्थिरताबाट मुक्ति पाउन जनताले ५ वर्षका लागि बहुमत दिए । नेपाली काँग्रेस थोरै सीटमा खुम्चन बाध्य भएपनि, विपक्षी दलमा पुग्न बाध्य भएपनि राजनैतिक स्थिरता हुन्छ भनेर हामीले चित्त बुझायौं । अब विकासले गति लिन्छ भन्ने कुरामा हामी पनि ढुक्क थियौं ।
दुहवी–इनरुवा सडक खण्डको दुरावस्थाका बारेमा कलम चलाउन थालेपछि सरोकारवाला व्यक्तिको कानमा बतास लाग्न थालेको छ । विषय उठान सही हो । तर , हाम्रो ध्यान नपुगको हो भन्दै केही नेताले आत्माआलोचना गरिसकेका छन् । विगतमा यता ध्यान दिन नसके पनि आगामी दिनमा सकेको प्रयास गर्ने आश्वासनका पोका आउन थालेपछि बाटोको समस्या झेलिरहेका सम्पूर्ण स्थानीयवासीमा केही आशा अंकुराएको छ। तर, आश्वासनका रित्ता पोकामा विश्वास गर्ने प्रसस्त ठाउँ भने छैन । जवसम्म यो सडक व्यवस्थित ढलसहित बन्दैन तबसम्म कलमलाई विश्राम नदिने विचार हामीले लिएका छौँ । यो एउटा अभियान हो । यसलाई पूर्णता दिन पाए यो क्षेत्रको मुहार फेरिने कुरामा दुई मत छैन । इनरुवा भन्दा धेरै कान्छा शहरहरू धेरै अगाडि पुगिसके । तर यहाँ भएका धनाढ्य, व्यापारी अनि वौद्धिक वर्ग आफ्नो थातथलो छोडेर बसाँई सर्ने क्रम निरन्तर जारी छ । यसको प्रमुख कारण भनेकै आर्थिक स्रोत परिपक्क नुहनु हो । ठूलो धनराशी खर्चनु पर्ने अवस्था आयो भने भएको घर जग्गा बिक्री वा धितो राख्ने चलन आम नेपालीमा छ । सडकको दुरावस्थाका कारण यो क्षेत्रमा बाहिरी मानिस आउदै नआउने अनि घर जग्गा बिक्रीको अवस्था एकदमै न्यून छ । जसका कारण मान्छेको गर्जो नटर्ने अवस्था आएपछि वैकल्पिक उपाय सोचेर मान्छे दर्गदिशा लाग्छ । इनरुवा नगर क्षेत्रका मान्छे हुँदा खाँदाको थाँतथलो छोड्नुको प्रमुख कारण नै यही हो । यस क्षेत्रले नेता प्रशस्तै जन्मायो तर असल नेतृत्व जन्माउन सकेन । जन्मिएको असल नेतृत्व यहाँ टिक्न सकेन । सडकको दुरावस्थाका बारेमा मात्रै केन्द्रीत रहेर नेपाली माला अनलाईनका बरिष्ठ सम्बाददाता दीपक निरौलाले सुनसरी क्षेत्र नं.–४ का संघीय सांसद सीताराम मेहतासँग गरेको कुराकानीको सार :
- नहुने कुरै छैन नि ! छु । यो सडक खण्डमा मैले खाली खुट्टै पनि धेरै पटक पैदलयात्रा गरेको छु । यहाँका नाली ,पुलेस अनि कल्भर्ट सबैसँग परिचित छु ।
- गरिवका नेता सीताराम मेहता । भनेर गएको निर्वाचनमा यस क्षेत्रका जनताले नारा बनाएका थिए । मलाई विश्वास गरेर जिताए पनि । तर, विकासको बाधक भनेकै राजनैतिक अस्थिरता रहेछ । २०१६ सालमा विपी कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसको बहुमतको सरकार थियो । तर विडम्बना सरकारको त के प्रजातन्त्रकै हत्या भयो । संविधान बनेपछि २०७४ सालमा दुई तिहाई नजिकको बहुमत प्राप्त गरेर नेकपा को सरकार बन्यो । राजनैतिक अस्थिरताबाट मुक्ति पाउन जनताले ५ वर्षका लागि बहुमत दिए । नेपाली काँग्रेस थोरै सीटमा खुम्चन बाध्य भएपनि, विपक्षी दलमा पुग्न बाध्य भएपनि राजनैतिक स्थिरता हुन्छ भनेर हामीले चित्त बुझायौं ।
अब विकासले गति लिन्छ भन्ने कुरामा हामी पनि ढुक्क थियौं । यसै बीचमा विश्वमा फैलिएको कोरोनाले सबै क्षेत्र तहननहस पा¥यो । यही माहामारीको मौकामा दुई तिहाई नजिकको नेकपा पार्टीमा कोरोना भन्दा घातक भाईरसले आक्रमण गर्न थाल्यो । करिव ४ वर्ष नपुग्दै छियाछिया भएर पूर्ननिर्माण तथा टालटुल हुनै नसक्ने गरी नेकपाको घर भत्कियो । यो समयमा विकासका डोरा कोरिन थालेका थिए । तर जनताले भरोसा गरेको पार्टीको यो अवस्था भएपछि सबै कुरा अपुरा र अधुरा भएका छन् अल्पकालका लागि । सारमा भन्न खोजेको कुरा राजनैतिक स्थायित्व विकासको महत्वपूर्ण अंग हो ।
- मैले भन्न खोजेको कुरा नै यही हो । पहिले म अफ्ठ्यारो परिस्थितिमा ६ महिनाका लागि अल्पकालीन भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएको थिएँ । बुझ्न खोज्दा खोज्दै पद नै खुस्कियो । बुझ्दै गरेका कुरा सबै स्वाहा भए । संसद पद समय पुगेपछि खुस्कन्छ । पद भनेको अल्पकालिन हो । आउने जाने क्रम चलिरहन्छ । यसमा कुनै अनौठो मान्नु पर्दैन । यसमा चिन्ता लिने कुरै छैन । फेरि चुनाव हुन्छ कामको मूल्याङ्कन गरेर जनताले कसलाई कहाँ पु¥याउने हो त्यहाँ पु¥याउछन् । पद र पैसाको भोको व्यक्ति सीताराम मेहता होइन ।
- मेरो क्षेत्र सुनसरी ४ नंं. हो । यो क्षेत्रमा मैले संसद विकास कोषको रकम थुप्रै सडक निर्माणको लागि लगाएको छु । इनरुवा बजार क्षेत्रको हाल साह्रै नाजुक थियो । त्यसलाई बनाउन बजेट ल्याएँ । अहिले बजार क्षेत्रको मुहार फेरिएको छ । यस पटक पनि इनरुवा –कप्तानगञ्जसम्मको ३२ किमी बाटो नयाँ हुलाकी मार्गका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ । ठेकेदार छनौटको क्रममा छ । सायद मंसिरको पहिलो हप्ताबाट यो सडक निर्माणको श्रीगणेश हुन्छ । यो विल्कुलै नयाँ सडक हो ।
- ढाँटेको भए काम हुन्थ्यो । इनरुवा बजारको अवस्था अहिले हेर्नुस त ! पहिले कस्तो थियो ?
- म भन्दा बरिष्ठ नेता कति छन् कति । उनैले गरिहाल्छन् नि ।
- काहाँ पन्छेको छु र ? पहल गर्छु । वास्तवमै यो सडक दुरावस्थामै छ । अहिले संसदको वैठक आह्वान भएको छ । अध्यादेशबाट आएको बजेटको भविष्य अनिश्चित छ । यही बेला म विषेश समय लिएर दुहवी – इनरुवा सडकको बारेमा दह्रो आवाज उठाउँछु । नेपाली काँग्रेसका उप–सभापति मा। विजयकुमार गच्छदारलगायत अन्य धेरै नेतासँग बाटोको विषयमा सामुहिक छलफल गर्छु । साथै बजेट सिलिङ परिवर्तन भयो भने दिलो ज्यान दिएर यसै पटक व्यवस्थित ढल सहितको बाटोको लागि बजेट ल्याउने कोशिषमा लाग्ने छु ।