काठमाडौँ : लोकप्रिय नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको युगल स्वर रहेको गीत ‘तिमी आउने जाने’मा पुजा शर्मा र सर्वाधिक हिट गीत फुलबुट्टे सारीका मोडेल आनन्द सिंहको अभिनय रहेको छ ।
टंक बुढाथोकीको शब्द ,संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ ।
सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आनन्दले अभिनयमा कुनै कसर बाकी राखेका छैनन । निर्देशकले उनको अभिनय कलालाई मज्जाले भिडियोमा उतार्न सफल भएका छन। भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेल ले निर्देशन गरेका हुन । पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ । भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन । टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक भिडियोले रिलिज भएसंगै रफ्तार लिदैछ । भिडियोले सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ।