काठमाडौं , २३ वैशाखः वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा आज निधन भएको छ । प्रधानको छातीमा समस्या देखिएपछि सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिएको थियो । पारिवारिक स्रोतले जनाए अनुसार बिहीबार दिउँसो साढे १ बजे उहाँको निधन भएको हो ।
प्रेमध्वज प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकमा भएको थियो ।
प्रधानका घुम्तीमा नआऊ है, यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौं, नमान लाज यसरीलगायतका दर्जनौं कालजयी गीतहरु छन् ।